शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगाको शैक्षिक सुधारमा समुनत नेपालको साथ

बुढिगंगाको शैक्षिक सुधारमा समुनत नेपालको साथ

  • शनिबार, चैत्र २५, २०७९
बुढिगंगाको शैक्षिक सुधारमा समुनत नेपालको साथ

बाजुरा– बुढिगंगा नगरपालिकाको शैक्षिक सुधारको लागि समुनत सुधार नेपालले सहयोग गर्ने भएको छ । शुक्रबार बुढिगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ र समुनत नेपालका तर्फबाट राधिका तुम्वाहाम्फे बिच सहमति समझौता भएको नगर प्रमुख रामबहादुर बानियाँले बताए ।
समुनत नेपालसंग नगरपालिकाको शैक्षिक सुधार, सिकाई उपलब्धिका लागि ४ बर्षिय समझौता भएर सहकार्य हुने गरी समझौता भएको प्रमुख बानियाँले बताए । बढ्दो प्रबिधि खस्कदो शिक्षण सिकाईलाई गुणस्तिरीय सिकाई बढाउन नगरपालिकाको अनुरोध सुईकारेर सहकार्य गरेको प्रति समुनत नेपाललाई प्रमुख बानियाले धन्यबाद दिएका छन् ।
नगरपालिका सिमित साधन श्रोतका कारण नगरको बजेटले शिक्षा क्षेत्रमा भने जति बजेट ब्यवस्थापन गर्न गाह्रो भएको समयमा समुनत नेपालले गरेको सहयोग नगरपालिकाको शिक्षा क्षेत्रमा ठुलो सहयोग पुग्ने उनले बताए । समुनत नेपालसंग शैक्षिक सत्र २०८० बाट लागु हुने गरि काम अगाडी बढाएको छ ।
समझौता पछि पहिलो चरणमा इसिडी देखी मावि तहका सामुदायिक विद्यालयका ४० जना बढी शिक्षकलाई बैशाख ११ गतेबाट श्रोत शैक्षिक निमार्ण तालिम सुरु गरिने भएको छ । तालिममा विद्यार्थीहरूको सिकाइ उपलब्धि र स्तर वृद्धि गर्दै लैजानुका साथै सिकाइ उपलब्धि गनै तालिमको आयोजना गरिएको छ । त्यस्तै स्तर वृद्धि गर्न अध्यापन, अनुसन्धान सहित सान्दर्भिक सामाग्री विकास प्रवोधीकरण र क्षमता विकासका गतिविधिहरू विद्यालयको स्वमूल्याङकन योजना निर्माण,कार्यन्वयन,सहभागीता मूलक अनुगमन तथा मुल्यांकन सहित बिषयमा शिक्षकहरुलाई तयार पारिने नगर प्रमुख बानियाले बताए ।
पहिलो चरणमा ४० जना शिक्षकलाई तालिम दिएर दोश्रो चरणमा प्रत्येक समुदायिक बिद्यालयका सबै शिक्षकहरुलाई श्रोत शिक्षकद्धारा तालिम गाराईने भएको छ । यो आर्थिक बर्ष भन्दा आगामी एक आर्थिक बर्षमा दोब्बर प्रतिशतले बुढिगंगा नगरपालिकाको शैक्षिक गुणस्तर बढाउने हिसावले काम अगाडी बढाउने नगर प्रमुख बानियाँले बताए ।

चर्चामा

सम्बन्धित समाचार