• होमपेज
  • समाज
  • दार्चुलामा १० जना जुवाडे पक्राउ

दार्चुलामा १० जना जुवाडे पक्राउ

  • शनिबार, चैत्र २५, २०७९
दार्चुलामा १०   जना जुवाडे पक्राउ

दार्चुला  –     दार्चुलामा १० जना जुवाडे पक्राउ परेका छन्। जिल्ला सदरमुकामको एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा शुक्रबार १० जनालाई पक्राउ गरेको हो।

महाकाली नगरपालिका–४ बांगाबगडस्थित गणेशसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका देवसिंह कार्की, गणेशसिंह धामी, दिलिपसिंह धामी, कमलसिंह धामी, मोहनसिंह कार्की र कमलसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बिशेष सूचनाका आधारमा साँझ करिब ५ बजेतिर बुढाथोकीको घरमा पुग्दा नगद ४३ हजार ५ सय ६८ रुपैयाँसहित १० जनालाई पक्राउ गरिएको हो।

चर्चामा

सम्बन्धित समाचार