बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • बैतडीमा नौ महिनामा ७४ जना हराए

बैतडीमा नौ महिनामा ७४ जना हराए

  • शुक्रबार, चैत्र २४, २०७९
बैतडीमा नौ महिनामा ७४ जना हराए

बैतडी  –   भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ७४ जना बेपत्ता भएको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन्।
बेपत्ता भएका ४७ महिलामध्ये ३० जना फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

यस्तै १८ बालिका बेपत्ता भएकामा सात र चार बालक बेपत्ता भएकामा तीन जना फेला परेको बताइएको छ। साथै पाँच पुरुष बेपत्ता भएकामा एक पुरुष मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेको प्रहरी निरीक्षक खत्रीको भनाइ छ।

हराउने बेला प्रहरीलाई खबर गर्ने गरिए पनि धेरै जना भेटिएपछि प्रहरीमा खबर नगरिएको प्रहरीले जनाएको छ। हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्बिरसहित पत्राचार गरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमा नाकामा पनि कडाइ गरिएको छ। –रासस

चर्चामा

सम्बन्धित समाचार