शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिकाले मनसुनजन्य बिपतमा परेका परिवारकाे घर निर्माणका लागि पहल

जगन्नाथ गाउँपालिकाले मनसुनजन्य बिपतमा परेका परिवारकाे घर निर्माणका लागि पहल

  • बुधबार, चैत्र २२, २०७९
जगन्नाथ गाउँपालिकाले मनसुनजन्य बिपतमा परेका परिवारकाे घर निर्माणका लागि पहल

बाजुरा — प्राकृतिक प्रकोप तथा बिपत ब्याबस्थापन मानसून जन्य क्षेतीबाट भएका जगन्नाथ गाउँपालिका १ सय ५ परिवारका घर निर्माण हुने भएका छन । जगन्नाथ गाउँपालिका वडा नम्बर ५ का रुपधन सार्किको पनि घर निर्माणका लागि छनौटमा परेको गाउँपालिकले जनाएको छ । केही दिन देखी सामाजिक संजालमा घर नहुदा ओडारमा बसेको र गाउँपालिकाले ध्यान नदिएको भन्ने भ्रम रहेको गाउँपालिकाले जनाएको छ ।
रुपधन लगायत मनसुन जन्य क्षेतीबाट बिस्तापितहरुको घर पुनः निर्माणकार्यका लागि राष्ट्रिय बिपद् जोखीम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणबाट छनोटमा परेको जगन्नाथ गाउँपालिका वडा न ५ का वडा अध्यष गौरी शार्कीले बताएका छन ।
पालिका भित्र वार्ड नं १ देखि ६ सम्मका जोखिम बस्ती बिस्तार देखि पुनः निर्माणमा १ सय ५ परिवारका घर निर्माणको लागि पहल भएको जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बताएका छन ।
स्थानीय सरकारको पहलमा राष्ट्रिय बिपद् जोखीम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरण मार्फत घर हरु सर्वे गरी सकेको अध्यक्ष शाहीले बताएका छन । घर पुनर्निर्माणका लागि पालिकाले सम्झौताको लागि पहल गरिहेको शाहीले बताए
जगन्नाथ गाउँपालिका वडा नं ५ गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएको भन्ने सुचना सत्य नभएको गाउँपालिकाले जनाएको छ । घर नजिकै वडारमा खाना पकाउनका लागि मात्रै प्रयोमा रहेको जगन्नाथ गाउँपालिकाले जनाएको छ

चर्चामा

सम्बन्धित समाचार