• होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिका २ को कार्यालयले पलाष्टीकजन्य सामाग्री आफै संकलन गर्ने

बुढीगंगा नगरपालिका २ को कार्यालयले पलाष्टीकजन्य सामाग्री आफै संकलन गर्ने

  • मङ्लबार, चैत्र २१, २०७९
बुढीगंगा नगरपालिका २ को कार्यालयले पलाष्टीकजन्य सामाग्री आफै संकलन गर्ने

बाजुरा — बुढीगंगा नगरपालिका २ को वडा कार्यालयले पलाष्टीकजन्य सामाग्री आफै संकलन गर्ने निर्णय गरेको छ । पलाष्टीकजन्य सामाग्रीले कृषि उत्पादन देखि वातावरण समेत प्रदुषण गर्ने भएकोले व्यवस्थीत गर्न वडा कार्यालय आफै संकलन गर्ने निर्णय गरेको अध्यक्ष पदम भण्डारीले बताएका छन् ।

खेती योग्य जमिनमा पर्ने असर र वातावरणीय प्रदुषण घटाउन पलाष्टीकको संकलन तथा व्यवस्थापन गर्न लागिएको वडा समितिको चैत्र १० गते बसेको बैठकले निर्णय गरेको हो । पछिल्लो समय स्थानीयले बजारबाट पलाष्टीककै प्रयोग गरेर सामान ल्याउने र बजारमै प्याक गरिएका पलाष्टीकजन्य सामानकै प्रयोग बढी गर्ने गरेका छन् ।
चाउचाउ, चिजबल, चोकोपन, मसला, विस्कुट, कुरकुरे, चिप्स जस्ता सबै पलाष्टीकजन्य बस्तुहरु जम्मा गरि वडा कार्यालयमा बुझाउन पनि आग्रह गरेको छ । प्रतिकेजी २ सय रुपैया दिने गरि वडा कार्यालयले चैत्र २५ गते भित्र बुझाउन सूचना समेत जारी गरेको छ ।

आफ्नो घर वरिपरि, खेतगरा, बाटो घाटो जहाँ भेटिएका भएपनि प्याक गरेर वडा कार्यालय ल्याउन र प्रति केजी २ सय रुपैया समेत मुल्य लिन वडा कार्यालयले अपिल गरेको हो । वडा कार्यालयले विस्तारै पलाष्टकीजन्य बस्तुको प्रयोगमा रोक लगाउने तयारी गरेको छ ।

बुढीगंगा नगरपालिका २ को कार्यालयले पलाष्टीकजन्य सामाग्री आफै संकलन गर्ने

चर्चामा

सम्बन्धित समाचार