बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • प्रदेश ३
  • चितवनमा रवि लामिछानेलाई समर्थन गर्ने कांग्रेस नेता जगन्नाथ पौडेलको घोषणा

चितवनमा रवि लामिछानेलाई समर्थन गर्ने कांग्रेस नेता जगन्नाथ पौडेलको घोषणा

  • सोमवार, चैत्र २०, २०७९
चितवनमा रवि लामिछानेलाई समर्थन गर्ने कांग्रेस नेता जगन्नाथ पौडेलको घोषणा

काठमाडौं  –       आगामी बैशाख १० गते चितवन -२ मा हुने उपनिर्वाचनमा चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

रवीलाई समर्थन गर्नुको कारण बारे पत्रकारहरुसँग् कुरा गर्दै पौडेलले भने, ‘छोटो समयमा देशले रुपान्तरण खोजेको छ । त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ र त्यो टिममा ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो । त्यो भएको हुनाले उहाँहरुलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ ।’

बैशाख १० मा हुने उपनिर्वाचनमा चितवन -२ मा रवी लामिछाने सँगै नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसबाट पूर्व जिल्ला सभापति जितनारायाण श्रेष्ठ उम्मेदवार रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार