बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका भुकम्प पिडीतलाई ३५ लाख बढीको राहत सामग्री सहयोग

बाजुराका भुकम्प पिडीतलाई ३५ लाख बढीको राहत सामग्री सहयोग

  • बिहिबार, चैत्र १६, २०७९
बाजुराका भुकम्प पिडीतलाई ३५ लाख बढीको राहत सामग्री सहयोग
गौमुल गाउँपालिका भुकम्प पिडितलाइ शान्ति सेवा गृहद्धारा राहत सामाग्री हस्तान्तरण गर्दै ।

पदम सिंह — माघ १० गते गएको भुकम्पका कारण बिचल्लीमा परेका बाजुराका भुकम्प पिडितलाइ काठमाडौमा रहेको शान्ति सेवा गृह (Shanti sewa griha) ले ३५ लाख बढीको राहत सामाग्री सहयोग गरेको छ ।
५० वटा टेन्ट, ४ सय सिलिपिङ्ग व्याग, लुगाकपडा, लिटो लगायत साम्रागि बाजुराका भुकम्प पिडितलाइ सहयोग गरेको शान्ति सेवा गृहका country director Heiko Grospietch वताएका छन् । । संस्थाले दिएको टेन्ट नेपालमा बनेको सबैभन्दा राम्रो रहेको जनाएको छ । एउटा टेन्टमा ८ जना सम्म बस्न सक्ने रहेको निर्देशक Heiko Grospietch वताएका छन् ।
संस्थाले सहयोग गरेपछि बिचल्लीमा परेका भुकम्प पिडितलाइ ठुलो सहयोग भएको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । स्थानिय बिचल्लीमा परेका थियो, सहयोग पाउँदा ठुलो सहयोग भएको स्थानियले वताएका छन् । गाउँपालिका सबै बस्तिहरु जोखिममा रहेको र घर बस्न लायकनै नभएको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वातएका छन् ।
त्यस्तै गौमुल गाउँपालिका २ मा भुकम्पबाट मृत्यु भएकी जमुना रोकायाको ७ बर्षको छोरा सरोज रोकायालाई शान्ति सेवा गृहलेनै पालनपोषण तथा पठनपाठनका लागि जिम्मा लिएको गाउँपालिका अध्यक्ष रोकायाले वातएका छन् । आमाको मृत्यु पछि बिच्चलीमा परेपछि संस्थाले संरक्षण गर्ने गरि लिएको हो ।
शान्ति सेवा गृह काठमाडौले दिएको सहयोग बाजुराको भुकम्प प्रभावितलाई राहत सामाग्री गौमुल गाउँपालिका अध्यक्षले बुझेर ढुवानी मार्फत बाजुरा पठाइएको थियो । बाजुरामा सबै भन्दा बढी भुकम्प बाट गौमुल गाउँपालिका प्रभाबित भएको छ । गाउँपालिकामा १ हजार ६ सय ५० परिवार मध्ये ५ सय ७० परिवारका घर जोखिममा रहेका छन् । ५ सय ७० परिवारका बासिन्दा सबै बिस्थापित भएको गाउँपालिकाले वताएको छ । केही घर भत्किएका छन् भने अधिंकाश घर पुरै चर्कीएकाले घरनै जोखिममा रहेका छन् ।
शान्ति सेवा गृहले गौमुल गाउँपालिकामा पुर्ण रूपमा क्षती भएको घरपरिवारका लागि दिर्घकालिन रूपमा घर निर्माण सँगै नमुना बस्ती बनाउने गरि अगाडि योजना बढेको संस्थाले जनाएको छ । गाउँपालिका वडा नम्बर २ का सबै बस्तीहरु जोखीम र घरहरु चर्किर बस्न नमिल्ने भएपछि त्यहाँका स्थानियको बिचल्ली भएको हो ।

कुनै घरहरु बाहिरबाट हेर्दा राम्रो देखीए पनि घर भित्र भने धुजा धुजा भएको गंग रोकायाले वताएका छन् । गौमुलका २ का जडे गाउँ, आगर, दहकोट, गताडी, गुम्फा काडा, जुरेली र रनेडा लगायतका बस्तीहरु घर बिहिन बनेका छन । जुरेली, दहकोट, अगर लगायताका ठाउँमा जमिन सहित चिरा परेका छन । त्यस्तै बाजुराको हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, बुढिनन्दा नगरपालिका केही बस्ति पनि जोखिममा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार