बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • शुक्लाफाँटा निकुञ्जमा खरमजुर गणना सुरु

शुक्लाफाँटा निकुञ्जमा खरमजुर गणना सुरु

  • मङ्लबार, चैत्र १४, २०७९
शुक्लाफाँटा निकुञ्जमा खरमजुर गणना सुरु

धनगढी   –    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अध्ययन सुरु भएको छ। निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा यसै सातादेखि गणना सुरु गरिएको हो। विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमजुर नेपालमा ६५ देखि १ सयको संख्यामा रहेको अनुमान छ।

शुक्लाफाँटाको विशाल घाँसे मैदानमा यसको अनुगमन भइरहेको छ। चैत ८ देखि सुरु भएको गणनाअन्तर्गत हालसम्म ४ वटा खरमजुर भेटिएको संघका परियोजना सहायक हिरूलाल डगौराले बताए। उनका अनुसार भेन्टेज प्वाइन्ट विधिबाट खरमजुरको गणना भइरहेको छ।

सबै केन्द्रमा गणना सकिएपछि मात्रै नतिजा यकिन गर्न सकिने डगौराले बताए। सन २०२१ म गरिएको गणनामा शुक्लाफाँटामा ७ खरमजुर भेटिएको डगौराले बताए। यस पटक पनि ७८ कै हारहारीमा भेटिन सक्ने उनको अनुमान छ। खरमजुर घाँसे मैदानमै बस्ने पन्छी हो। यसको रंग पनि घाँसजस्तै हुन्छ।

खरमजुर विश्वमै संकटापन्न अवस्थामा छ। नेपाल, भारत, क्यम्बोडिया र भियतनाममा मात्रै पाइने यसको संख्या १ हजारभन्दा कम छ। खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छ। करिब एक सातासम्म गणनापछि नतिजा सार्वजनिक गरिनेछ।

चर्चामा

सम्बन्धित समाचार