बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बयालपाटा अस्पतालको बिषयमा संसदमा विशेष समय लिएर बोल्नेछु : पूर्व अर्थ मन्त्री पौडेल

बयालपाटा अस्पतालको बिषयमा संसदमा विशेष समय लिएर बोल्नेछु : पूर्व अर्थ मन्त्री पौडेल

  • सोमवार, चैत्र १३, २०७९
बयालपाटा अस्पतालको बिषयमा संसदमा विशेष समय लिएर बोल्नेछु : पूर्व अर्थ मन्त्री पौडेल

अछाम   –      प्रतिनिधी सभा सदस्य एवं पूर्व अर्थ मन्त्री बिष्णु पौडेलले बयालपाटा अस्पतालले प्रदान गरिरहेको निशुल्क गुणस्तरीय स्वास्थ्य सेवाका बिषयमा संसदमा बिशेष समय लिएर बोल्ने बताएका छन् ।

बयालपाटा अस्पतालले जनताको स्वास्थ्यमा पुर्याएको योग्दान महत्वपूर्ण भएको भन्दै यसका बारेमा संसदमा कुरा राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेकपा एमालेको ग्रासरुट अभियानका क्रममा अछाम पुगेका नेता पौडलले बयालपाटा अस्पतालको अनुगमन निरक्षण पश्चात बोल्दै आफुहरु अहिले प्रतिपक्षमा भएपनि सरकारमा भएका बेला बयालपाटा अस्पताललाई महत्वका साथ अघि बढाउनका लागि उचित निर्णय गरिने बताए ।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष समेत रहेका नेता पौडेलले बयालपाटा अस्पतालले प्रदान गरिरहेको निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा अनुसरण गर्न लायक भएको भन्दै प्रशंसा व्यक्त गरेका थिए ।

साथै उनले बयालपाटा अस्पतालको अनुभवलाई देशका अन्य भागका अस्पतालमा समेत प्रयोग गर्न सकिने समेत बताए ।

चर्चामा

सम्बन्धित समाचार