बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • प्रदेश ३
  • लुम्बिनीमा सत्ता गठबन्धनको हतारो : समर्थन फिर्ता लिइनसक्दै नयाँ सरकारका लागि दाबी पेश

लुम्बिनीमा सत्ता गठबन्धनको हतारो : समर्थन फिर्ता लिइनसक्दै नयाँ सरकारका लागि दाबी पेश

  • आइतवार, चैत्र १२, २०७९
लुम्बिनीमा सत्ता गठबन्धनको हतारो : समर्थन फिर्ता लिइनसक्दै नयाँ सरकारका लागि दाबी पेश

बुटवल  –     लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् ।

सत्तारुढ घटक माओवादीले समर्थन फिर्ता लिएलगत्तै ८ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । जबकि उनको दाबीमा हस्ताक्षर गरेका नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएको छैन भने जसपा र जनमतका नेताहरु मन्त्रिपरिषदमा नै छन् ।

माओवादीका मन्त्रिहरुले भने आइतबार मात्र मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका थिए । राजीनामा बुझाएलगत्तै उनीहरु सहित सांसदको टोली अर्को पत्र लिएर प्रदेश प्रमुख समक्ष पुगेका हुन् । उनीहरुले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनमा दाबी पेश गरेको उल्लेख गरेका छन् ।

संविधान अनुसार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार