शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • जनप्रशासनमा नेविसंघको ३० वर्षे विरासत तोड्दै अनेरास्ववियुको प्यानल बिजयी

जनप्रशासनमा नेविसंघको ३० वर्षे विरासत तोड्दै अनेरास्ववियुको प्यानल बिजयी

  • मङ्लबार, चैत्र ७, २०७९
जनप्रशासनमा नेविसंघको ३० वर्षे विरासत तोड्दै अनेरास्ववियुको प्यानल बिजयी

काठमाण्डाै —  जनप्रशासन क्याम्पसमा ३० वर्ष देखि नेविसंघले एकछत्र विजयी गर्दै आइरहेकोमा यस पटककाे स्ववियु निर्वाचनमा  भने हार ब्यहाेरेकाे छ ।  यस पटक साे क्याम्पसकाे स्ववियु निर्वाचन  अनेरास्ववियुले जितेकाे छ ।  नेविसंघ सभापतिको उम्मेदवारले आफ्नै प्रस्तावक र समर्थक समेत पाएन  ।

 अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानललाई कसैले रोक्न सक्ने अवस्था थिएन, अनेरास्ववियुले गरेको कामको उच्च मुल्याङ्कन गर्दै विद्यार्थीहरुले सयुंक्त प्यानल लाई मतदान गरे ।

No description available.
सभापतिमा अग्र बहादुर शाहीले निकटतम प्रतिस्पर्धि श्याम पाण्डेयलाई ३ सय मतले पराजित गरेका छन । अनेरास्ववियुकै पूर्व अध्यक्ष उमेश भक्त जोशीले स्वतन्त्र विद्यार्थी नेपाल समुहबाट उम्मेदवार उठाएका दुईजना उम्मेदवार सचिव र कोषाध्यक्ष पदका उम्मेदवार द्वयलाई क्रमश ३ सय र ४ सय मतान्तरले पराजित गरेर अनेरास्ववियु (क्रान्तीकारी)  का सत्यम यादव र लक्ष्मी अर्याल विजयी भएका छन ।

No description available.

उमेश जोशी समूहले सचिव पदमा उम्मेदवार रहेका व्यक्ति जोशीले नै क्याम्पस कमिटीको सदस्य बनाएका थिए भने कोषाध्यक्ष पदका उम्मेदवारलाई अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीका उपाध्यक्ष तथा विश्वदिप क्याम्पसका अध्यक्ष पवन लम्सालले जनप्रशासनमा भर्ना गरि अनेरास्ववियुकै विरुद्ध उम्मेद्वारी दिन लगाएका थिए ।

No description available.

चर्चामा

सम्बन्धित समाचार