शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशमा निरही असाय हाम्रै सरकार

देशमा निरही असाय हाम्रै सरकार

  • मङ्लबार, चैत्र ७, २०७९
देशमा निरही असाय हाम्रै सरकार

सरकार भनौँ सधै बिदेशी हकदार किनहुन्छ,
देशमा निरही असाय हाम्रै सरकार किनहुन्छ।

युवाहरू लाई देश निकाला गराई सधै देशमा
दुश्मनसँग नै सम्झौताको कारोबार किनहुन्छ।

मिठा मिठा भाषन र घोषणापत्र लोभ लाग्दा,
सरकारमा पुगेपछि आफैलाई भार किनहुन्छ।

जसलाई मित्र शक्ति भन्छौ,बाराबार छ बोली,
एउटै सन्तान भित्र पनि यो तकरार किनहुन्छ।

राजनीतिक यात्रा भनेको देश र जनाकै लागी,
भनौँ त जनता दुःखी देश नाङ्गेझार किनहुन्छ।

हसिया र घन हक हितको प्रतिकहो मज्दुरको,
तर सधैभरी देशमा त्यसैमा व्यापार किनहुन्छ।

चर्चामा

सम्बन्धित समाचार