शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा महाेत्सवकाे प्रभाव बिद्यार्थीहरुलाइ

बाजुरा महाेत्सवकाे प्रभाव बिद्यार्थीहरुलाइ

  • शुक्रबार, चैत्र ३, २०७९
बाजुरा महाेत्सवकाे प्रभाव बिद्यार्थीहरुलाइ

बाजुरा — बाजुरा जिल्लामा सुरु भएको महाेत्सवले बिद्यार्थी हरूकाे पठनपाठनमा प्रभाव पार्ने देखिएको छ । राष्ट्रिय परिक्षा बाेर्डले यस बर्षकाे माध्यमिक शिक्षा परिक्षा (एसईई ) यहीँ चैत १७ गतेदेखि सुरू हुँदै छ । आज चैत ३ गते ( शुक्रबार ) देखि जिल्लाकाे सदरमुकाम मार्तडीमा प्रथम खप्तड मालिका उद्योग कृषि पर्यटन तथा व्यापार महाेत्सव सञ्चालन गरिएकाे छ ।

एसईई परिक्षा नजिकिएसंगै ट्युसन कक्षा पढ्न अन्य कक्षाहरू पढ्नका लागि अधिकांस बिद्यालयका बिद्यार्थी सदरमुकाम मार्तडी केन्द्रित भएको मालिका माविका सुचना अधिकारी सेर बहादुर रावलले बताएका छन् । रावलले भने यो सञ्चालन गरिएको महाेत्सवले बिद्यार्थीकाे पठनपाठनमा निकै प्रभावित पार्ने देखिन्छ ।

यहीँ चैत ५ गतेदेखि जिल्ला भरिमा कक्षा १ देखि ९ कक्षा सम्मको परिक्षा सञ्चालन हुदैछ । त्यो लगत्तै एसईई परिक्षा पनि सञ्चालन गरिने रावलले बताएका छन् । एसईई परिक्षाकाे ट्युसन कक्षा पढ्न जिल्लाकाे सदरमुकाम मार्तडीमा बिद्यार्थी हरूकाे चाप पनि अधिक्तम बढ्दो क्रममा छ । एसईई परिक्षा केन्द्र मालिका माविमा जिल्लाका ५ बढी बिद्यालयका एक हजार बढि बिद्यार्थी आउन्छन् ।

टाढादेखि आएका बिद्यार्थी काेठा लिएर बस्नु पर्छ । पढ्न आएका बिद्यार्थीकाे ध्यानाकर्षण पढाई प्रति नभई महाेत्सवमा केन्द्रित हुने भएकाेले पढाइ प्रभाबित हुने रावलले बताएका छन् । यस महाेत्सवले बिद्यार्थीकाे पठनपाठनमा बाधा पुर्‍याउने भन्दै कतिपयले गुनासो गर्दै आएका छन

चर्चामा

सम्बन्धित समाचार