शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाकाे नवप्रवर्तन कार्यक्रम बारे छलफल

बडिमालिका नगरपालिकाकाे नवप्रवर्तन कार्यक्रम बारे छलफल

  • शुक्रबार, चैत्र ३, २०७९
बडिमालिका नगरपालिकाकाे नवप्रवर्तन  कार्यक्रम बारे छलफल

बाजुरा ‍‍– बडिमालिका नगरपालिकामा नवप्रबद्धन कार्यक्रम परिचयात्क कार्यक्रमको जानकारी गराएकाे छ । कार्यक्रमले नगरपालिका र वडा कार्यालयबाट हुने सबै कामहरुलाई अनलाइन र डिजिटल बिधीबाट गर्ने उदेस्यले साे कार्यक्रमकाे बारेमा जानकारी गराएकाे हाे  । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको नवप्रबर्तन साझेदारी कोष कार्यक्रमसंगको साझेदारमा सो कार्यक्रमलाइ अगाडी बढाउने जनाएको छ ।
नगरपालिकाको कार्यालयमा शुक्रबार गरिएको नवप्रबद्धन कार्यक्रम परिचयात्क कार्यक्रमको जानकारी तथा कार्यान्वयन र यसको उपयोग सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरिएको नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । सो कार्यक्रमको साझेदारमा नगरपालिका सबै वडा कार्यालय र २ ओटा बिद्यालयबाट नवप्रबद्धन कार्यक्रमको सुरुवात गर्ने बताएका छन ।
बडिमालिका नगरपालिकाको ६० लाख र सुदुर पश्चिम प्रदेश मुख्यमन्त्री परिषद नवप्रवर्तन साझेदार कोषको १ करोड ४० लाखामा सो कार्यक्रम संचाालन हुने नगरपालिकाले जनाएको छ । नवप्रबद्धन कार्यक्रमको उदेस्य शुसासन, सार्बजनिक सेवा प्रवाह र स्थानिय आर्थिक बिकासका क्षेत्रमा काम गर्ने रहेको सुदुर पश्चिम प्रदेश मुख्यमन्त्री परिषद नवप्रवर्तन शाझेदार कोषका बिज्ञ ईन्जीनियर बिनोद कलौनीले बताए ।
बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत, सुदुर पश्चिम प्रदेश मुख्यमन्त्री परिषद नवप्रवर्तन शाझेदार कोषका बिज्ञ ईन्जीनियर बिनोद कलौनी र दिनेश सुधाकर रहेका थिय । ्
बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले संचालन गरेको कार्यक्रमको सहजीकरण सुदुर पश्चिम प्रदेश मुख्यमन्त्री परिषद नवप्रवर्तन शाझेदार कोषका बिज्ञ ईन्जीनियर बिनोद कलौनी र बडिमालिका नगरपालिकाका सुचना प्रविद्धि अधिकृत हेम थापाले गरेका थिए ।
कार्यक्रममा सबै वडाका वडा अध्यक्ष, वडा सचिव नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार