शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • यहाँ उद्योगमा लगाएको छ ताला

यहाँ उद्योगमा लगाएको छ ताला

  • शुक्रबार, चैत्र ३, २०७९
यहाँ उद्योगमा लगाएको छ ताला

देशभरिछन् बिदेशीका गोठाला बिकास किनहोला,
सेतो रातो जस्को आएनि पाला बिकास किनहोला।

व्यबहारमा अंशछैन सबैलाई चाहिएकै छ त्यही धन,
केलाउँछन् इनै कपालको छाला बिकास किनहोला।

जो भ्रष्ट छ वेइमान छ र बिदेशीको दलाली गर्छ सधै,
हो उसैलाई अविर फूलका माला बिकास किनहोला।

जनताले भन्छन् हामिलाई कत्ति सुबिधाछैन सरकार,
सबै निकाएंमा छन् उनैका साला बिकास किनहोला।

हिंजो सर्वहारा सुकुमवासीहरूका भाषन र नाराहुन्थे,
सत्तामा पुगेपछि मन भयो काला बिकास किनहोला।

एउटाले बम बारूदले भुट्यो देश र सरकारमा पुगे छ,
अर्कोलेभन्छ अब उठाउछौँ भाला बिकास किनहोला।

बन्छ समाजवाद अन्मुख समावेसी जाला आँखाभरी,
याहाँ उद्योगमा लगाएको छ ताला बिकास किनहोला।

चर्चामा

सम्बन्धित समाचार