शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिका ४ र ६ को वडा कार्यालयमा तालाबन्दी

जगन्नाथ गाउँपालिका ४ र ६ को वडा कार्यालयमा तालाबन्दी

  • बुधबार, चैत्र १, २०७९
जगन्नाथ गाउँपालिका ४ र ६ को वडा कार्यालयमा तालाबन्दी

बाजुरा — जगन्नाथ गाउँपालिका वडा नं ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । विभिन्न माग सहित गाउँपालिकाको वडा नं ४ मा सोमबार र वडा नं ६ मा मंगलबार तालाबन्दी गरिएको नेपाली काँग्रेस गाउँकार्य समिति सचिव रामलाल बिष्टले बताएका छन । वडा कार्यालयमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले संयुक्त रुपमा तालाबन्दी गरेका हुन । गाउँपालिका तथा वडा कार्यालयबाट छनोट गरिने विभिन्न योजनाहरुमा एकलौटी गरिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको सचिव बिष्टले बताए ।

कुनै पनि योजनाहरु कार्यान्वयन गर्दा आफ्ना आसेपासेका व्यक्तिहरुलाई फाइदा हुने गरि कार्यान्वयन गर्ने गरेकाले तालाबन्दी गरिएको काँग्रेस वडा सचिव पदम बिष्टले बताए । गाँउपालिका तथा वडा भित्र रहेका सम्पूणर् व्यक्ति, वर्ग र समुदायहरुलाई समावेशीताका आधारमा कुनै पनि योजनाहरुको छनोट तथा उपभोक्ता समिति गठन नगरी आफ्नै मनोमानीमा काम गर्ने गरेको आरोप लगाउदै संयुक्त रुपमा तालाबन्दी गरेका हुन ।

त्यस्तै प्रधानमन्त्री स्वरोजगारमा पनि वडा भित्र रहेका गरिब तथा विपन्न परिवारलाई छनोट नगरी वडाका प्रतिनिधि तथा रोजगारी भएका परिवारहरुलाई मात्र छनोट गरिएकाले तालाबन्दी गरिएको काँग्रेस गाउँकार्य समिति सचिव बिष्टले बताए । उनले भने यस्ता मनोमानी काम सधै हुदै आइरहेका र पटकपटक विभिन्न मागसहित ज्ञापन पत्र समेत बुझाउँदा पनि माग सम्बोधन नभएकाले अन्तत प्रक्रियागत रुपमा आन्दोलित हुनु परेको बताए ।

तिनदिन देखि लगातार वडा कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयबाट प्रवाह हुने सम्पूण सेवाहरु रोकिएको भन्दै त्याँहाका नागरिकहरुले गुनासो गरेका छन ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार