शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • एक महिने कटाई सिलाई स्तरोन्नती तालिम संचालन

एक महिने कटाई सिलाई स्तरोन्नती तालिम संचालन

  • बुधबार, चैत्र १, २०७९
एक महिने कटाई सिलाई स्तरोन्नती तालिम संचालन

बाजुरा — बुढिगंगा नगरपालिकामा एक महिने कटाई सिलाई स्तरोन्नती तालिम संचालन गरिएको छ । सिलाई कटाईमा काम गरिरहेका युवाहरुलाई क्षमता अभिबृद्धि गर्ने उदेस्यका साथ सो तालिमका आयोजना गरिएको हो । बुढिगंगा नगरपालिकाको आयोजना । घरेलु तथा साना उद्योग कार्यालय बाजुराको साझेदार र साहस नेपालको सहकार्यमा सो तालिमको आयोजना गरिएको बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले. बताएका छन । बुधबार एक कार्यक्रमका बिच सो तालिमको उद्धघाटन गरी संचालन गरिएको छ । बुढिगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानिया रहेका थिय ।
कार्यक्रममा बिषिष्ठ अतिथि जिल्ला समन्वय समिति बाजुराका सदस्य हिक्मत थापा, घरेलु तथा साना उद्योग कार्यालय बाजुराका प्रमुख मान बहादुर चाँड रहेका थिए । घरेलु तथा साना उद्योग बिकाश कार्यालय बाजुरामा पदम ऐरले संचानल गरेको सो कार्यक्रममा पत्रकार, कटाई शिलाई तालिमका प्रशिक्षक लगायत तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार