शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • प्रशासकीय अधिकृतलाई सचिवको १८ बुँदे निर्देशन

प्रशासकीय अधिकृतलाई सचिवको १८ बुँदे निर्देशन

  • सोमवार, फाल्गुन २९, २०७९
प्रशासकीय अधिकृतलाई सचिवको १८ बुँदे निर्देशन

काठमाडौं   –     संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरी पुष्करले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई १८ बुँदे निर्देशन दिएका छन् । कार्यसम्पादन तथा व्यवस्थापनमा स्थानीय तहको काम कारबाहीलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी, जवाफदेही र प्रभावकारी बनाउन सचिव पुस्करले निर्देशन दिएका हुन् ।

उनले स्थानीय तहबाट हुने काममा सुशासन कायम गर्न प्रशासकीय अधिकृतको भूमिका महत्त्वपूर्ण रहने भन्दै कार्यसम्पादन तथा व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउन निर्देशन दिएका हुन् ।

आइतबार सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गर्दै भनिएको छ, ‘प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सार्वजनिक सेवा प्रवाह, आर्थिक–प्रशासनिक अनुशासन तथा उपलब्ध स्रोत साधनको कुशल व्यवस्थापनसँग जोडिएको छ, अतः संवैधानिक तथा कानुनी व्यवस्था एवं संघीयताको मर्मलाईसमेत आत्मसात् गर्दै कार्यसम्पादनको गुणस्तर कायम गरी स्थानीय तहको छविलाई उँचो बनाउन विशेष योगदान गर्ने अवसरको भरपुर उपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

उनले करिब एक महिनाको कार्य अनुभव पछि स–साना विषयमा देखिएका द्विविधा र समस्या समाधानका लागि उक्त परिपत्र गरी स्थानीयको काम कारबाहीलाई सहज बनाउन खोजिएको बताएका छन् । परिपत्रमा स्थानीय तहमा कायम रहेको बेरुजु फर्छ्यौट गर्ने गराउनेदेखि कामकारबाहीमा कुनै द्विविधा भए संघ तथा सम्बन्धित प्रदेशसँग समन्वय गर्नेसम्म उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार