• होमपेज
  • समाज
  • खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिमका दुई जिल्लामा सार्वजनिक बिदा दिने

खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिमका दुई जिल्लामा सार्वजनिक बिदा दिने

  • सोमवार, फाल्गुन २९, २०७९
खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिमका  दुई जिल्लामा  सार्वजनिक बिदा दिने

धनगढी  –   राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको छ।

पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ। कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खख्डेहरा मनाउँछन् ।

चर्चामा

सम्बन्धित समाचार