शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • शिक्षक संघ बाजुराको निर्वाचनमा ३० भन्दा बढी फर्जी मत, १३ मत बदर

शिक्षक संघ बाजुराको निर्वाचनमा ३० भन्दा बढी फर्जी मत, १३ मत बदर

  • सोमवार, फाल्गुन २९, २०७९
शिक्षक संघ बाजुराको निर्वाचनमा ३० भन्दा बढी फर्जी मत, १३ मत बदर

बाजुरा — गत बिहीबारबाट सुरु भएको नेपाल शिक्षक संघ बाजुराको ९औं जिल्ला अधिवेशन आइतबार राति सकिएको छ । अधिवेशनबाट नयाँ कार्य समिति भयन भएको छ
९औं जिल्ला अधिवेशनबाट नयाँ कार्य समितिको विभिन्न पदमा आइतबार भएको निर्वाचनमा ३० बढी फर्जी मत खसेका छन् । भने १३ मत बदर भएका छन् । शिक्षकहरुले मतदान गरेका १३ मत बदर भएका छन् । निर्वाचनका क्रममा केही शिक्षक र शिक्षिकाले पनि फर्जीमत खसाएकाे निर्वाचन मण्डलका सदस्यले बडिमालिका खवरलाइ बताएका छन।

उनीहरुले आफ्ना सहकर्मीहरुको अधिवेशनमा सहभागी हुन नसकेकाहरुको फर्जी मत हालेका हुन् । एक प्रत्यक्षदर्शीका अनुसार ३० जना बढीले त निर्वाचनका क्रममा फर्जी मत नै खसालेकाे जनाएकाे छ । केहीलाई पहिचान गरेर फर्जी मत खसाउनबाट रोकिएको भए पनि अन्य केहीलाइ निर्वाचन समितिले नचिनेका कारण फर्जी मत खसाएकाे निर्वचन समितिले जनाएकाे छ । एक शिक्षक स‌ग‌ंकाे कुराकानीमा आफुले  ४ मत अरुकाे फर्जि खसाएकाे स्विकार गरेका छन ।

शिक्षक पेशालाई समाजले सही निर्णय,समाज परिवर्तनका साथै रुपान्तरणको वौद्धिक पेशा मानिन्छ । समाजका हरेक कु–संस्कार र कुरितीसंगै शिक्षाको ज्योति फैलाउने शिक्षक पेशा अगालेका नै गैर जिम्मेवार बन्ने गरेको उदाहरण थुप्रै छन् । तर बाजुरामा भने आफ्नै सहकर्मी हराउनका लागि परेकाे देखीयाे याे राम्राे कार्य नभएकाे एक शिक्षकले बताए ।  अन्य समाजलाइ सिकाउने शिक्षकहरुबाट यस्ताे हर्कत गर्दा  समाजले के पाठ सिक्ने र शिक्षकले के सिकाउने हाेलान ?

चर्चामा

सम्बन्धित समाचार