बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश १
  • प्रदेश नामकरणको विरोधमा आज कोशी प्रदेश बन्दको आह्वान

प्रदेश नामकरणको विरोधमा आज कोशी प्रदेश बन्दको आह्वान

  • आइतवार, फाल्गुन २८, २०७९
प्रदेश नामकरणको विरोधमा आज कोशी प्रदेश बन्दको आह्वान

काठमाडौं       –    प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आइतबार बन्द आह्वान गरिएको छ । बन्दका कारण प्रदेशमा आइतबार बिहान सवारी साधन चलेका छैनन् । बन्दकर्ताहरु सडक उभिएर यातायातका साधन नचलाउन रोकिरहेका छन् । उनीहरूले सडकमा अवरोध समेत गरेको प्रहरीले जनाएको छ ।

जातीय पहिचान हुने गरी प्रदेशको नामाकरण हुनुपर्ने माग गर्दै आएका जातीय समुहहरुले बन्द आह्वान गरेका हुन ।उनीहरुले शनिबार साँझ कोशी प्रदेशका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका थिए ।

जातीय नामाकरण गर्नुपर्ने विवादका कारण प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामाकरण समेत हुन सकेको थिएन । तर, यस पटक प्रदेश सभाले सुरूमै प्रदेशको नामाकरण कोशी गर्न सफल भएपछि जातीय समूहहरु आन्दोलनमा उत्रिएका हुन ।

९३ सदस्यीय प्रदेशसभामा ८२ जनाले कोशी प्रदेशको पक्षमा मतदान गरेका थिए । विपक्षमा ४ मत मात्रै परेको थियो ।

चर्चामा

सम्बन्धित समाचार