शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • देश बिहिन भए युवा बिदेशको बास भयो,

देश बिहिन भए युवा बिदेशको बास भयो,

  • आइतवार, फाल्गुन २८, २०७९
देश बिहिन भए युवा बिदेशको बास भयो,

देश बिहिन भए युवा बिदेशको बास भयो,
सुःखको खोजिमा झन दुःखकै रास भयो।

धनको आसमा बृद्धा बा आँमा बाटो कुर्दा,
अर्कैको देशमा आफ्नै छोराको लास भयो।

याहाँ नेताको साँठगांठ हुन्छ कुर्चिकै लागी,
के थाहा उन्लाई देश बिदेशीको गास भयो।

भन्छन् नागरिकता बिधेयक ल्याउँछौ फेरी,
किन भन्दा हाम्रो छिमेकी सधै उदास भयो।

बा कुल्लि बनेर छोरालाई डिग्री दिलाउँछन्,
छोरा खाडी पुगेपछि सपना को नास भयो।

बुझ्न सकिन सन्सारले यो देशको राजनीति,
घर भित्र आगो लगाउँने योजना पास भयो।

चर्चामा

सम्बन्धित समाचार