बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हाँसीहाँसी जीवन बिताउ किन रिस गर्नेहो (कबिता)

हाँसीहाँसी जीवन बिताउ किन रिस गर्नेहो (कबिता)

  • शनिबार, फाल्गुन २७, २०७९
हाँसीहाँसी जीवन बिताउ किन रिस गर्नेहो (कबिता)

समाजमा मिलेर बसौँ झै झगडा नगरौँ।
एक भाइ अर्को भाइ संँग रिसले नमरौँ।।
गलत को विरुद्धमा बोल्न कसैले नरुक्ने।
काम नगरौँ समाजमा कसैको मन दुख्ने ।।

म सँग पैसाछ भनी आफै डम्म पेट नभरौँ।
सकेसम्म सहयोग गरौँ धनको धमन्ड नगरौँ।।
यो मनुस्य चोला छोडी पक्कै भोलित छ जाँनु
कसैले पनी कसै देखि रिस पटक्कै नमानु।।

कसैलेनी आफै जान्ने भइ धेरै नगरौँ है कुरा।
त्यसरित गाउँ समाज बिग्रन छ झन् पुरा ।।
विरुद्धमा बोल्नु पर्छ गलत बोल्ल हुँन्न।
मीठो बोले राम्रो सङ्ग कसैको मन रुँन्न।।

कुरा काटनि कसैकोनि कसैले नगर्ने गरौँ।
समाजलाइ परिबर्तन गर्न सबै लागि परौँ।।
राम्रो राम्रो काम कार्य गर्न अघिअघि आउँ
समाजमा बसि कसैले पनी बिकृती नफैलाउँ।।

मैहुँ जस्तो गरि गाउँमा आफ्नै धाक नफैलाउ
जम्मै भाइ मिलेर बसौँ कसैलाइ नगिज्याउ।।
मायाँ प्रेम गर्ने गरौँ रिस डाह कसैलेनी हटाउ।
सके सम्म गाउँ समाजमा माया प्रीति बढाउ।।

कसैलेनी गलत कार्य गर्न डरिरहनु पर्छ।
गलको विरुद्धमा बोल्ल लागि परिरहनु पर्छ।।
नत आफ्नो न गाउँ ठाउँको इज्जत नफालौँ।
एकजुट भइ गाउँ बिकाशमा पाइला सबै चालौँ।।

राम्रै गरौँ समाजमा कसैकोनि कुभलो नसोचौँ।
सोझो गरिब दुख्खी भाइलाई कसैले नघोचौँ।।
सानासाना बालबच्चालाइ गतत नसिकाउँ।
राम्रो राम्रो ज्ञान गुन दिएर अघिअघि बढाउँ ।।

हाँसीहाँसी जीवन बिताउ किन रिस गर्नेहो।
दुई दिनको जिन्दगी हो भोलित मर्नेहो।।
सकेसम्म कसैलेनी कसैलाई दु:ख नदिउँ।
सानासाना कुराहरुमा धेरै रिस नलिउँ।।

नमुना गाउँ बनाउनलाइ सबै मिलेर बस्नुहो।
सब्बै मिलि गलत नगर्न दिन कम्मर कस्नेहो।।
आहा कति सुन्दर राम्रो ठाउँ आउ सबैको मन ।
यत्ती कुरा बुजे पछि कसैलेनी राम्रै भन्ने छ्न।।

पारस भट्ट (प्यासी) मेलौली नगरपालिका दुई सुन्दर भुमी सेलि बैतडी

चर्चामा

सम्बन्धित समाचार