बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • संसद् भवनमा ओलीको प्रतिक्रिया : पहिलो राष्ट्रपति रामवरण यादव हाम्रै समर्थन र प्रस्तावमा निर्वाचित हुनुभएको हो

संसद् भवनमा ओलीको प्रतिक्रिया : पहिलो राष्ट्रपति रामवरण यादव हाम्रै समर्थन र प्रस्तावमा निर्वाचित हुनुभएको हो

  • शनिबार, फाल्गुन २७, २०७९
संसद् भवनमा ओलीको प्रतिक्रिया : पहिलो राष्ट्रपति रामवरण यादव हाम्रै समर्थन र प्रस्तावमा निर्वाचित हुनुभएको हो

काठमाडौं   –     नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको स्मरण गराएका छन् । एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताए । उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए ।

यस्तै सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै एमालेबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताईन् । उनले भनिन्,“लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।”

एमालेले आज बिहान एमालेले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन् । त्यस्तै, समर्थकममा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन् ।

चर्चामा

सम्बन्धित समाचार