• होमपेज
  • राजनीति
  • उपराष्ट्रपति उम्मेदवार हुन रञ्जिताको उमेर नै पुग्दैन

उपराष्ट्रपति उम्मेदवार हुन रञ्जिताको उमेर नै पुग्दैन

  • शुक्रबार, फाल्गुन २६, २०७९
उपराष्ट्रपति उम्मेदवार हुन रञ्जिताको उमेर नै पुग्दैन

काठमाडौं   –    नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएकी छन् ।

नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ ।

नाउपाले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् ।

संसद सचिवालयका अनुसार रञ्जितको उमेर ४० वर्ष मात्र छ ।

नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार