बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • मुटुको बिरामी मार्तडीका ४ बर्षिय गौतम पैसा अभावले उपचारमा अलपत्र (भिडियाे सहित)

मुटुको बिरामी मार्तडीका ४ बर्षिय गौतम पैसा अभावले उपचारमा अलपत्र (भिडियाे सहित)

  • शुक्रबार, फाल्गुन २६, २०७९
मुटुको बिरामी मार्तडीका ४ बर्षिय गौतम पैसा अभावले उपचारमा अलपत्र (भिडियाे सहित)

लक्ष्मीराज पाध्याय — बडिमालिका नगरपालिका ९ बस्ने ४ बर्षिया गौतमा थापा जिल्ला अस्पताल बाजुराको शैयामा छटपटीरहेका छन । जिल्ला अस्पताल बाजुराले जिल्लामा उपचार सम्भव नभएको र जिल्ला बाहिर लिन भनेर रिफर गरेको २ दिन भइसकेको छ ।
तर अभिभाबक सँग पैसा नहुदा जिल्ला अस्पताल बाजुराको शैयामा गौतम मृत्य सँग जुधिरहेको आमा डम्मरा थापाले बताईन । ४ बर्षिय गौतमको मुटुमा समस्या भएर दुइ ओटा भल्व फेर्नुपर्ने जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मीहरुले बताएका छन । अस्पताल बाजुराले एनआइसियु चाहिने बच्चाको अबस्था जटिल भएको भन्दै रिफर गरेको छ ।
गौतम अस्पताल बाजुरामा अक्सिजनको साहारमा बाचिरहेका छन् । अस्पतालले बच्चाको अबस्था जटिल भएको भन्दै अभिभाबक बाट मञ्जुरीनामा समेत लिइसकेको छ । घरको आर्थिक स्थिती कमजोर भएका कारण पैशा नभएर जिल्ला बाहिर लिन नसकेको उनका बुवा हिमाल थापाले बताए ।
आफन्तले गत असोज महिना गौतमलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा काठमाडौमा उपचारमा लगेका थिए । गौतमलार्ई पैशा नहुदा फिर्ता ल्याएको बुवा हिमालले वताए । उनले असोजमा काठमाण्डौ लगेर पैशा नभएकै कारण फिर्ता ल्याएको बताए ।
गौतम ९ महिनाकै हुदाँदेखी मुटुको समस्या भएको र धेरै पटक जिल्ला अस्पतालमै उपचारका लागि ल्याएको आफन्तले बताए । घरमा ३ महिना खान पुग्दैन दैनीक ज्याला मजदुरी गरेर कमाएको पैसाले छोराको उपचार गर्न नसकेको थापाले बताए । कृर्षी काम गरेर खान पुग्दैन ज्याला मज्दुरी गरेर घरको सबै समस्या टार्नुपर्ने समस्याका कारण छोरोको उपचार गर्न समस्या भएको गौतमका बुवा हिमालले बताए । छोराको उपचारका लागि अहिले साहुँलाइ चाहारिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार