• होमपेज
  • राजनीति
  • राप्रपा राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने, तटस्थ बस्ने

राप्रपा राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने, तटस्थ बस्ने

  • बुधबार, फाल्गुन २४, २०७९
राप्रपा राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने, तटस्थ बस्ने

काठमाडौं  –    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोली विहिवार हुने राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएको छ । राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय लिन आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको राप्रपाले कसैको पक्षमा मतदान नगरी तटस्थ बस्ने राप्रपा उच्च स्रोतले जनाएको छ ।

राप्रपाले आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको छ । बैठकपछि उक्त निर्णय सार्वजनिक गरिने स्रोतको दाबी छ । बैठकमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

हिन्दू राष्ट्र कायम गर्ने, राजसंस्था पुनर्स्थापना गर्ने र प्रदेश खारेज गर्ने जस्ता एजेन्डालाई बोक्दै आएकाले राप्रपा राष्ट्रपतिको चुनावमा सहभागी नहुने स्रोतको भनाई छ । निर्वाचनमा सहभागीता जनाउँदा आफ्ना एजेन्डामा सम्झौता गर्नुपर्ने र त्यसले जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले राप्रपाले आफ्नो सिद्धान्तलाई बोक्दै जनताको जनादेशलाई निर्णायक बनाएको स्रोतको दाबी छ ।

भोली बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन्।

चर्चामा

सम्बन्धित समाचार