बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ घाइते

इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ घाइते

  • बुधबार, फाल्गुन २४, २०७९
इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ घाइते

काठमाडौं –     इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कायरोको उत्तरमा एउटा रेल पटरीमा दुर्घटना भएको हो। रेल कल्युब सहरको रेल स्टेसन प्लेटफर्ममा ठोक्किएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ। घटनास्थलमा करिब २० वटा एम्बुलेन्स घाइतेहरुलाई सहयोग गर्न पुगेका थिए। इजिप्टका यातायात मन्त्री कामेल इल–वाजिरले दुर्घटना के कारणले भयो भन्ने पत्ता लगाउन आदेश दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार