• होमपेज
  • देश/प्रदेश
  • बालुवाटारमा माओवादी धारका नेताहरुको संयुक्त बैठक सुरु

बालुवाटारमा माओवादी धारका नेताहरुको संयुक्त बैठक सुरु

  • मङ्लबार, फाल्गुन २३, २०७९
सेयर गर्नुहोस् :
बालुवाटारमा माओवादी धारका नेताहरुको संयुक्त बैठक सुरु

काठमाडौं  –    आज माओवादी धारका नेताहरुको संयुक्त बैठक बालुवाटरमा सुरु भएको छ । केहिबेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा कुराकानी हुने बताइएको छ। सर्वोच्च आदलतले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन वर्ष पहिला सार्वजनिक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर मुद्दा दर्ता गर्न आदेश दिएसँगै माओवादी धारका नेताहरुको बैठक पहिलो पटक संयुक्त रुपमा बसेको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी नेताहरु मातृका यादव, महिन्द्र राय यादव, कृष्णबहादुर महरा, देव गुरुङ लगायत सहभागी रहेका छन् ।

केही दिनअघि भएको एक कार्यक्रममा पनि माओवादी धारका नेताहरुले प्रधानमन्त्रीबिरुद्धको मुद्दामा माओवादी चुप लागेर नबस्ने चेतावनी दिइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार