सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादीको निर्णय : मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने, सत्ता पक्षको बेन्चमा बस्ने

माओवादीको निर्णय : मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने, सत्ता पक्षको बेन्चमा बस्ने

  • आइतवार, फाल्गुन २१, २०७९
माओवादीको निर्णय : मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने, सत्ता पक्षको बेन्चमा बस्ने

धनगढी  –    नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने र सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री शाहले आज दिउँसो १ बजेको संसद बैठकमा विश्वासको मत लिंदैछन् ।

शनिबार बसेको माओवादी संसदीय दलको बैठकले आलोपालो सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटमा ठोस सहमति नभएको भन्दै विश्वासको मत नदिने निर्णय गरेको थियो । तर माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका नेता खगराज भट्टलाई अहिलेको आठ दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका थिए ।

त्यसपछि आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने र सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको एक सांसदले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार