शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • कृत्रिम खुट्टा: लालमनीका लागि कृत्रिम खुट्टा वरदान साबित भएको छ !

कृत्रिम खुट्टा: लालमनीका लागि कृत्रिम खुट्टा वरदान साबित भएको छ !

  • शनिबार, फाल्गुन २०, २०७९
कृत्रिम खुट्टा: लालमनीका लागि कृत्रिम खुट्टा वरदान साबित भएको छ !

बाजुरा–दुर्घटनाले होओस् अथवा अन्य कारणले हात-खुट्टा लगायतका अङ्ग गुमाएका मानिसहरूको जीवन अत्यन्त कष्टकर हुने गरेको देख्न पाइन्छ।

तर त्यही कष्टकर जीवनलाई केही हदसम्म भए पनि मानव निर्मित अङ्गको प्रयोगले सहज बनाइदिएका उदाहरण कैयौँ भेटिन्छन्। प्राकृतिक अङ्गहरूको जस्तो नभए पनि हिँडडुल नै गर्न नसक्नेहरूका लागि त्यस्ता कृत्रिम अङ्ग वरदान साबित भएको भुक्तभोगीहरूले बताएका छन्।

तिनै मध्ये एक हुन् बाजुराको बडीमालिका नगरपालिका-९ उखाडीका ५६ वर्षका लालमनी उपाध्याय जसको कृत्रिम खुट्टा फेरिएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण कृत्रिम खुट्टा फेर्न नसकी घरमै थलिएर बसेका लालमनीको समाचार विभिन्न संचार माद्यममा प्रकाशन भएपछि उनको कृत्रिम खुट्टा फेरिएको हो । लालमनीलाई पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले बाजुराबाट उद्धार गरेर उपचारका लागि काठमाण्डौं पुगाएका थिए ।

सिंहको पहल तथा संस्था मेडिकल पुनः स्थापना केन्द्र र काठमाडौ थेरापी क्याम्पको सहयोगमा लालमनीको करिव ८ लाख बरारको कृत्रिम खुट्टा फेरिएको हो । लालमनी अहिले काठमाण्डौंमा छन् । उनको अहिले फेरिएको कृत्रिम खुट्टा कम्तिमा १५ बर्ष भन्दा बढीसम्म टिकाउ हुने भएको मेडिकल पुनः स्थापना केन्द्र सम्राट सिं बस्नेतले वताएका छन्।

अहिले फेरिएको खुट्टाले लालमनी १५ वर्षसम्म हिँडडुल गर्न सक्ने भएका छन् । यस अघि भने लालमनी आर्थिक अवस्था कमजोर भएकै कारण कृत्रिम खुट्टा हाल्न नसकेर घरबाट बाहिर निस्कन समेत सक्दैनथे । लालमनीको करिव ८ लाख बराबरको कृत्रिम खुट्टा हालिएको पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले बताएका छन् ।

लालमनीको कृत्रिम खुट्टाको सामान युरोप बाट ल्याएर काठमाडौंमा नाप जाँच गरेर फिटिङ्ग गरिएको अभियान्ता सिंहले बताएका छन् । २०६९ सालमा भारतमा गएका बेला गाडीले कुल्चेर दाँया खुट्टा गुमाएका लालमनिको चार बर्ष अघि पनि पत्रकार सिंहकै पहलमा गैंडाकोटमा कृत्रिम खुट्टा हालिएको थियो । ४ वर्ष अगाडि गैँटाकोटमा हालिएको कृत्रिम खुट्टा ड्यामेज भएपछि लालमनीलाई सामान्य हिँडडुल गर्न समेत समस्या भएको थियो । नयाँ कृतिम खुट्टा फेरिएसंगै लालमनी अव घरभित्र बाहिर सजिलै हिँडडुल गर्न सक्ने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार