• होमपेज
  • राजनीति
  • देशमा उल्टो गठबन्धन भइरहेको छ : लिङ्देन

देशमा उल्टो गठबन्धन भइरहेको छ : लिङ्देन

  • शनिबार, फाल्गुन २०, २०७९
देशमा उल्टो गठबन्धन भइरहेको छ : लिङ्देन

काठमाडौँ  –   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताएका छन् । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ ।

संविधान गीता, बाइबल र कुरानजस्तो अपरिवर्तनीय नरहेको बताउँदै उनले यसलाई आवश्यकताअनुसार फेरिन र फ्याँकिन सक्ने पनि बताए ।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, संविधान गीता,बाइबल,कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार