शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने दल बढ्छन् : प्रचण्ड

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने दल बढ्छन् : प्रचण्ड

  • बिहिबार, फाल्गुन १८, २०७९
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने दल बढ्छन् : प्रचण्ड

काठमाडौं  –      प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ दलीय सत्ता गठबन्धनमा अरु दल पनि थपिन सक्ने बताएका छन् ।

सत्तारूढ ८ दलले काठमाडौंमा गरेको संघीय सांसदको भेलामा उनले ८ दल भनिए पनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको र यो बढ्ने बताए ।

‘हामीले ८ दल भनेका छौं, प्रतिनिधि सभामा २ र प्रदेश सभामा २ जना सांसद रहेको नेपाल समाजवादी पार्टीको पनि रामचन्द्र पौडेल जीलाई समर्थन छ,’ भेलामा उनले भने, ‘ त्यसैगरी नेपाल आम पार्टी भन्ने तराई केन्द्रित अर्को पार्टीको पनि समर्थन छ ।’

प्रतिनिधि सभामा आफूले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सही भएको दाबी गरेपछि विश्वासको संकट उत्पन्न भएको प्रचण्डले बताए ।

विगतमा संविधानको मर्म र भावनालाई मिचेर गतिविधि भएपछि कांग्रेसँगको गठबन्धन बनेको र अहिले त्यसैले निरन्तरता पाएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार