शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • हुम्लाकी रिउली तामाङलाई बुढिनन्दाका कर्मचारीले रगत दिएर ज्यान जोगाए

हुम्लाकी रिउली तामाङलाई बुढिनन्दाका कर्मचारीले रगत दिएर ज्यान जोगाए

  • शुक्रबार, फाल्गुन १२, २०७९
हुम्लाकी रिउली तामाङलाई बुढिनन्दाका कर्मचारीले रगत दिएर ज्यान जोगाए

बाजुरा — हुम्ला जिल्ला चंखेली गाउँपालिका ५ की रिउली तामाङलाई बाजुराका बुढिनन्दा नगरपालिकाका ४ कर्मचारीहरुले रगत दिएर ज्यान जोगाएका छन । रिउली तामाङ उपचारका लागि नेपालगंज जाने गरी कोल्टी बिमानस्थल आएकी र एकाएक उच्च रक्त श्राव भएपछि उनको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगियो हो ।
होटलमा बसेकी तामाङलाई ११ गते राती उच्च रक्तरुश्राव पछि उनको उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको बुढिनन्दा स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताए । उनि बसेको कोल्टी स्थित अतिथि होटेलमा राती अत्यधिक रक्तश्राब भै बेहोस भएको अबस्थामा उक्त होटेलका संचालक अमर गिरिले एक जना भरिया काम गर्ने ब्यक्तीलाइ बोलाइ बेहोस अवस्थामा रहेकी उनलाइ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए ।
रोजगार संयोजक रमा शाही, रोजगार शाखामा कार्यरत प्राविधिक सहायकक रन्जित बुमि, कृषी शाखामा कार्यरत दिपक कार्की र मालती सिहं शाहीले रगत दिएपछी तामाङको अबस्था सामान्य बन्दै गएको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए । चारै जनाले एक एक गरी ४ प्वाइन्ट रगत निज बिरामीलाइ दिएपछी बिरामीको अवस्थामा बिस्तारै सुधार हुदै गएको प्राथमिक स्वास्थ्य केन्द्रकमा एमडिजिपी डाक्टर .रन्जित शाहले बताएका छन ।
डाक्टर शाह र डाक्टर.सोनम गुरुङले उपचारपछि स्वास्थ्यमा सुधार हुदै गएको बताएका छन । तामाङको अबस्था निकै कमजोर भइसकेकोले तत्काल रगत दिने मान्छे नभेटिएको भए बचाउन कठिन हुने थियो डा सोनम गुरुङले भने । डाक्टर गुरुङका अनुसार निज बिरामीको अत्यधिक रक्त श्राब भै हाइपोभोलेमिक सकमा गएको र शरीरमा अक्सिजनको मात्रा धेरै कम भैसकेको बताए । रगत ब्यवस्थापन लागी स्वास्थ्य शाखा प्रमुख ओम जङ्ग शाहीलाइ रगत दिने ब्यक्तीहरुको खोजिको लागी खबर भयो र शाहीले फेसबुक, फोन र म्यासेज मार्फत रगत दिने ब्यक्ती पनि छिटै सम्र्पकमा आएकोले सहज भएको चिकित्सकहरुको टिमले बताएको छ । बिरामी होसमा आएपछि सोध पुछ गर्दा निजले ७ दिन अगाडी गर्भपतन गराउने औषधी खाएको भन्ने जानकारी आएको स्वास्थ्य केन्द्रले जनाएको छ । यो जानकारी पाए पश्चात बिरामिको पुणर् रुपमा गर्भपतन भए नभएको जाँच गर्दा पुणर् रुपमा गर्भपतन नभएको पाइयो र निजलाइ एम भि ए द्वारा गर्भपतन गराइएको स्वास्थ्य शाखा प्रमुख शाहीले बताएका छन । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक सहितको सेवा संचालन आए संगै हाल सम्म ६ जना बिरामीहरुलाइ ११ जनाले रक्त दान गरिसकेका छन ।

चर्चामा

सम्बन्धित समाचार