शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

बाजुरामा पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

  • बिहिबार, फाल्गुन ११, २०७९
बाजुरामा पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

बाजुरा– बाजुरामा प्रथम खप्तड मालिका कृषि, पर्यटन, सँस्कृति तथा व्यापार महोत्सव हुने भएको छ । फागुन १९ देखि २७ गतेसम्म ९ दिनसम्म महोत्सव संचालन गर्ने बुधबार पत्रकार सम्मेलन मार्फत आयोजनले जनाएको छ । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको आयोजक क्लव खप्तड मालिका युवा क्लबले अध्यक्ष शुक्रराज बोहराले बताएका छन् ।
जिल्ला सदरमुकाम मार्तडीको तालिमा आयोजना हुने महोत्सवमा स्थानीय उत्पादन र उद्यमी मेला र कला सँस्कृतिको प्रवद्र्धन र विकास केन्द्रीत प्रस्तुती रहने पत्रकार सम्मेलन माफएत क्लबका उपाध्यक्ष राजेन्द्र रोकायाले जानकारी दिए । महोत्सव उद्घाटन र समापन दिनको दिनमा दर्सकले पैशा नतिर्नु पर्ने र बाकी दिनहरुमा टिकेटको लाग्ने क्वलबा महासचिव जयबहादुर रावतले बताए ।
स्थानीय कला सँस्कृतिको प्रवद्र्धन, रैथानी खाद्यन्नको पहिचान र उद्यम उत्पादनको बढावाका लागि महोत्सव गर्न लागिएको आयोजकले बताएको छ । करिब ४४ लाख आम्दानीको अनुमान गरिएकोमा ४० लाख बढी खर्च हुने बताइएको छ ।
राष्ट्रिय स्तरमै चर्चा कमाएका कलाकारहरु एलिना चौहान, सुप्रीम मल्ल, विनोद बाजुराली, अञ्जली अधिकारी, प्रकाश थापा, बद्री पंगीनी, पविन्द्र सुनार, पुष्कल शर्मा, लालबहादुर धामी, गौरी भट्ट, टंक तिमिल्सेना सहीत २१ बढी कलाकार ल्याउने तयारी थालिएको छ ।
युवा क्लबको आयोजनामा गरिएको महोत्सवमा बाजुराका स्थित उद्योग वाणिज्य संघ र अन्य कलाकारिता क्षेत्रका संघ संस्था र कलाकारलाई ससम्मान स्थान दिने बाहेक आयोजनामा संलग्न भने गराइएको छैन् । आयोजकले विभिन्न उपसमिति बनाएर तयारी सुरु गरेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार