शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिनन्दाका इन्जिीनियर शाहीले गरे पहिलो महिनाको तलव बालगृहलाई सहयोग

बुढिनन्दाका इन्जिीनियर शाहीले गरे पहिलो महिनाको तलव बालगृहलाई सहयोग

  • बुधबार, फाल्गुन १०, २०७९
बुढिनन्दाका इन्जिीनियर शाहीले गरे पहिलो महिनाको तलव बालगृहलाई सहयोग

बाजुरा — बुढिनन्दा नगरपालिकामा कार्यरत ईन्जीनियर अशोक शाहीले पहिलो महिनाको तलव बुढिगंगा नगरपालिकामा रहेको कन्सन बाजुराद्धारा संचालित बालगृहलाई सहयोग गरेका छन । उनले सरकारी सेवामा प्रबेश गरेको अवसरमा पहिलो महिनाको तलव बालगृहलाई सहयोग गरेका हुन । जिल्लाको जगन्नाथ गाउँपालिका घर भएका शाही केही समय अगाडी बुढिनन्दा नगरपालिकाको इन्जिनियरमा नाम निकालेका थिए ।
उनले सरकारी सेवा प्रबेशसको अवसरमा बालगृहमा रहेका बालबालिकाको उज्वल भबिष्य कामना सहित सहयोग गरेको शाहीले बताएका छन । आफुले गरेको सहयोगले अनाथ तथा टुहुरा बालबालिकाको केही दिन सम्मका लागि सहयोग होस भन्ने उदेस्यका साथ सहयोग गरेको इन्जिनियर शाहीले बताएका छन ।
इन्जिनियर शाहीले गरेको सहयोगलाई आत्मसाथै गर्दै कन्सन बाजुराले धन्यबाद समेत ब्यक्त गरेको छ । कन्सन बाजुराद्धारा संचालित बालगृहमा अनाथ टुहुरा बालबालिकाहरु रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार