बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बडिमालिका नगरपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • सोमवार, फाल्गुन ८, २०७९
बडिमालिका नगरपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बाजुरा — बडिमालिका नगरपालिकाको कार्यालयले बार्षिक कार्यक्रम तथा योजना बारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका र वडा कार्यालयले वर्षभरी सम्पादन गरेका गतिविधी र योजना निर्माण र लगानीको अवस्था बारे सार्वजनिक सुनुवाई गरेको हो । बडिमालिका नगरपालिकाको आयोजना तथा राष्ट्रिय युवा महाँसघको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो । वडास्तर जनप्रतिनिधी स्थानीय,सरोकारवाला निकाय र राजनितिक दल लगायतको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० मा सचालित कार्यक्रम प्रगतीका बारेमा जानकारी गराएको थियो । कार्यक्रममा नगरपालिकाबाट हुन नसकेको गुनासाहरुलाई आगामी कार्यक्रममा समेटेर लैजाने प्रमुख बक्ता तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
राष्ट्रिय युवा महासघंका प्रतिनिधीले संचालन गरेको कार्यक्रमका प्रमुख बक्ता बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का र उप प्रमुख नन्दा थापा रहेका थिए । सहायक बक्तामा वडा नम्मर १ देखी ९ सम्मका वडा अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक रहेका थिए । कार्यपालिका सदस्यहरु र नगरपालिका वडा पालिकाका शाखा प्रमुखहरु बक्ताका रुपमा रहेका थिए ।
सार्बजनिक सुनुवाइृ कार्यक्रममा सडक खानेपानी सरसफाई लगायतका बिषयमा प्रश्न उठेका थिए । नागरिकले दिएका प्रश्नहरुको बारेमा नगरपालिकाले यसपछिका दिनमा सुधार गर्दै लैजाने बक्ताहरुले प्रतिबद्धता जनाएका छन । बडिमालिका नगरपालिका मा जिल्लामा पहिलाे सार्वजनिक सुनाइ गर्ने स्थानिय तहकाे रुपमा पनि रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार