बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • स्वास्थ्य सचिब डा.पोखरले भन्छन्,:- बाजुरा बाटनै एमडिजीपी सरुवा गर्न निवेदन गरे

स्वास्थ्य सचिब डा.पोखरले भन्छन्,:- बाजुरा बाटनै एमडिजीपी सरुवा गर्न निवेदन गरे

  • सोमवार, फाल्गुन ८, २०७९
स्वास्थ्य सचिब डा.पोखरले भन्छन्,:- बाजुरा बाटनै एमडिजीपी सरुवा गर्न निवेदन गरे

बाजुरा – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब डा. रोशन पोखरेलले बाजुरामा कार्यरत एमडिजीपी सरुवा गरिदिन भने एक टोलि मन्त्रालयमा पुगेको वताएका छन् । पोखरेलले बडीमालिका खबर सँग भनेका छन्, अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले नै सरुवा गरिदिनु परयो भनेका हुन् । उहाँले बाजुरा चिकित्सक चाइदैन भनेपछि हामीले पनि के गर्ने पोखरेलले वताएका छन् ।
हामी निजि बाट अर्कोे चिकित्सकको व्यबस्थापन गछौ, सरुवा गरिदिनु परयो भनेका हुन् । केही बाजुरामा एमडीजिपी सरुवा नगर्न भनेका छन्, आफुले त्यहाँको अध्यक्षनै सरुवाका लागि बाजुरा पुगेको पोखरेलले वताए । यता अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीले भने त्यस्तो नगरेको धेरै नबस्ने भए सरुवा गरिदिनु हामी अर्को व्यबस्थापन गर्छु भनेर बचावट गरिरहेका छन् । मन्त्रालयको एक स्रोतका अनुसार बाजुरा अस्पताल ब्यबस्थापन समितिलेनै एमडीजिपी सरुवा गरिदिनु भनेर निवेदन दिएको वताएका छन् ।
एमडिजीपि आएको १ महिना नबित्तै जिल्ला अस्पताल बाजुरामा आएका एमडिजीपी डाक्टर प्रेरित देवकोटाको सरुवा गर्नका लागि चलखेल सुरु भएको हो । तीन वर्षपछि एमडिजीपी पाएको बाजुराले एक महिना नवित्न पाउदै सरुवाको खेल थालिएको छ ।
जिल्लामा आएर विशेषज्ञ सेवा सहितको सेवा दिन आएका डाक्टर देवकोटालाई महिना वित्न नपाउदै जिल्ला अस्पताल व्यवस्थापन समितिका पदाधिकारी र राजनितिक दलका नेता तथा कार्यकर्ता सरुवा गर्न स्वास्थ्य मन्त्रालयमा धाउन थालेको हुन् ।
नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष प्रकाश सिंहले सामाजिक संजालमा जिल्लाका केही नेता र मेडिकल अधिकृत सहित एमडिजिपी डाक्टर सरुवाको खेलमा लागेको लेखेका छन् । एमडिजीपी डाक्टर सरुवा गर्नुप¥यो, हामी निजी एमडिजीपी राख्छौं भनेर मन्त्रालयका सचिव डाक्टर रोशन पोखरले कहाँ पुगेर हार गुहार गरिरहेको सिंह उल्लेख गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार