शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

  • सोमवार, फाल्गुन ८, २०७९
कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

धनगढी     –   कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका–४ मुनुवाका ७१ वर्षीय ठग्न कठरियाको मृत्यु भएको हो।

से.६ प ६२८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कठरियाको आइतबार साँझ मृत्यु भएको प्रहरीले बताएको छ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कठरियाको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार