शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश सरकार पाँच वर्ष नै टिक्ने मुख्यमन्त्री शाहको दाबी

सुदूरपश्चिम प्रदेश सरकार पाँच वर्ष नै टिक्ने मुख्यमन्त्री शाहको दाबी

  • सोमवार, फाल्गुन ८, २०७९
सुदूरपश्चिम प्रदेश सरकार पाँच वर्ष नै टिक्ने मुख्यमन्त्री शाहको दाबी

काठमाडौं   –    सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफू नेतृत्वको प्रदेश सरकार पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । आज (सोमबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन नहुने बताएका हुन् ।

साथै, आफूले चाँडैनै विश्वासको मत लिने र विश्वासको मत पाउनेमा ढुंक्क रहेको उनले बताए । मुख्यमन्त्री शाहले सबै दलसँग वार्ता, संवाद, छलफल सकारात्मक ढङ्गले अघि बढिरहेको बताए । उनले प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सृजनामा सरकार केन्द्रीत रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार