शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा प्रजातन्त्र दिवसकाे अवसरमा बृक्षाराेपण संगै बिबिध कार्यक्रम

बाजुरामा प्रजातन्त्र दिवसकाे अवसरमा बृक्षाराेपण संगै बिबिध कार्यक्रम

  • आइतवार, फाल्गुन ७, २०७९
बाजुरामा  प्रजातन्त्र दिवसकाे अवसरमा बृक्षाराेपण संगै बिबिध कार्यक्रम

बाजुरा — जहाँनीया राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज बिभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएकाे छ। जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाकाे अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रमका साथै बृक्षाराेपण लगायतका कार्यक्रम भएकाे प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन ।

साेमबार बडीमालिका मन्दिर परिसर र जिल्ला प्रहरी कार्यालयकाे परिसरमा बृक्षाराेपण  गरिएकाे र मंगलबार बिहान प्रभात फेरी कार्यक्रम स‌गै खुलामंचमा काेडसभाकाे आयाेजना गरिएकाे प्रमुख जिल्ला अधिकारी खड्काले बताए । जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाकाे अध्यक्षतामा स‌ंचालन भएकाे काेडसभामा प्रदेश सभा सदस्य जुना दानी प्रमुख अतिथि रहेका थिइन ।

कार्यक्रममा बिषिष्ठ अतिथ बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी लगायत पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार