शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • राजनीति
  • राससले राज्यका कमजोरी पनि औल्याउनुपर्योः सभामुख भण्डारी

राससले राज्यका कमजोरी पनि औल्याउनुपर्योः सभामुख भण्डारी

  • आइतवार, फाल्गुन ७, २०७९
राससले राज्यका कमजोरी पनि औल्याउनुपर्योः सभामुख भण्डारी

धनगढी – सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)ले राज्यका कम्जोरी पनि औल्याउनु पर्ने बताएका छन्।

उनले रासस राज्यको मुखपत्र भएर मात्रै काम गर्न नहुने बताएका हुन्। रासस ६२औं स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बोधन गदएै उनले राज्यले विश्वासका साथ राससका समाचारहरुलाई हेर्दै आएको बताए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भण्डारीले राससले राज्यका कमी कमजोरीलाई पनि औल्याउनुपर्ने बताएका हुन। ‘राज्यका नीतिगत कमजोरीलाई पनि बाहिर ल्याउनुपर्छ, रासस अझ विश्वसनिय हुन्छ,’ उनले भने,’अब यसतर्फ पनि ध्यान दिनुर्पयो। निजी क्षेत्रका मिडियाले मात्रै सरकारको कमी कमजोरी हेर्छन भन्ने हुनुभएन।’
राज्यको उपस्थिति नभएको क्षेत्रका समस्याहरूलाई पनि राससले उजागर गर्नुपर्ने सभामुख भण्डारीले बताए। उनले राससको थप विकासका लागि प्रदेश सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताए।

राससका सुदूरपश्चिम प्रदेश प्रमुख शिद्वराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तुलसी देवकोटा, चक्रबहादुर मल्ल र रमेश धामीले पनि शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत शाह, महासङ्घका कैलाली शाखा अध्यक्ष हिमालय जोशी, निवर्तमान अध्यक्ष जगत साउँदलगायतको सहभागिता रहेको थियो।

राससका कंचनपुर शाखा कार्यालय प्रमुख शेरबहादुर सिंहले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पत्रकार सीताराम ओझाले गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार