शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङ्गमा मानशिक स्वास्थ्थ शिविर सम्पन्न, २ सय ७४ जनाले पाए सेवा 

बझाङ्गमा मानशिक स्वास्थ्थ शिविर सम्पन्न, २ सय ७४ जनाले पाए सेवा 

  • आइतवार, फाल्गुन ७, २०७९
बझाङ्गमा मानशिक स्वास्थ्थ शिविर सम्पन्न, २ सय ७४ जनाले पाए सेवा 

प्रदिप मलासी/बझाङ्ग — युनाईटेड मिसन टु नेपाल र दलित सहयोग समाज बझाङ्ग द्वारा संचालित मानसिक स्वास्थ्थ परियोजनाले जिल्लाको दुई पालिकाका ६ वडाका २ सय ७४ जनालाई मानसिक स्वास्थ्थ शिविर मार्फत सेवा प्रदान गरेको छ ।

जिल्लाको बुंगल नगरपालिका र थलारा गाउपालिकामा १ / १ दिन गरि जम्मा २ दिन संचालन गरिएको शिविरमा महिला पुरुष गरि २७४ जनाले मानसिक स्वास्थ्थका बिषयमा मनोसामाजिक परार्मश साथै केही अौषधी सेवनका बिषयमा जानकारी सहित उपचार लिएका छन ।
शिविरको बिधिबत रुपमा उदघाटन गर्दै थलारा गाउपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले मानिसको सबै भन्दा ठूलो चिज दिमाग नै भएकाले दिमागमा कुनै खालको समस्या नआउन दिन आज यु एम एन र दलित सहयोग समाजले संचालन गरेको मानसिक स्वास्थ्थ परियोजनाले शिविर नै चलाएर मानसिक बिरामीको जीवन रक्षा गर्ने कार्य गरेकोमा धन्यवाद व्यक्त गरेका छन ।
अध्यक्ष रोकायाले भने आगामी आर्थिक वर्षमा थलारा गाउपालिका भरिका सबै वडाका मानसिक रोगिहरुको कल्याणका लागि सबै वडामा यो कार्यक्रम लागू गरे संस्थाले गाउपालिका पनि यसमा सहयोग गर्न तयार रहने र सहकार्य र साझेदारीका हिसावमा पालिकाको समृद्वीका लागि निरन्तरता दिने अध्यक्ष प्रकाश बहादुर रोकायाले बताए ।
मानिसको जीवन रक्षाको बिषय भएकाले यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउदै लैजाने र सो शिविर वाट समस्याको समाधान ननिस्केका बिरामीलाई डाक्टरको सल्लाह अनुसार रिफर गरि धनगढी काठमाडौको कुनै मानसिक अस्पतालमा लगि उपचार गर्नु पर्ने अवस्थामा सहित संस्थाले एक जना अभिभावक सहित बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने व्यवस्था मिलाएकोले कुनै पनि बिरामीले कुनै कुरामा नहिच्किचाएर डाक्टर संग पूर्णपरार्मश लिई निको,हुन संस्थाका अध्यक्ष मोहनलाल बि क ले आग्रह गरेका छन ।
उक्त शिविरमा गाउघरमा धेरै लामो समय देखि देवी देवताकै बिश्वासमा बसेर उपचारको ध्यान नगरेका वा लामो समय देखि अौषधि सेवन गरि अौषधिको बिषयमा थप जानकारी लिने खालका मानसिक बिरामीहरु सहभागी रहेका थिए ।
ठूलो संख्यामा सेवा लिएका बिरामी हरु मध्येका ३ जना बिरामीहरुको उपचार शिविर वाट सम्भव नभएकाले मानसिक अस्पताल लगनखेल काठमाडौका डाक्टर ईश्वरी खनालले उक्त बिरामीलाई काठमाडौ लैजान संस्था र अभिभावक संग सल् ाह गरि रिफर दिएका छन ।
जनवरी २०२२ देखि लागू भएको मानसिक स्वास्थ्थ परियोजनाले जिल्लाको बुंगल नगरपालिकाका ३वटा वडा र थलारा गाउपालिकाका ३ वटा वडा गरि जिल्लाका ६वडामा मानसिक स्वास्थ्थ सम्बन्धिका बिभिन्न गतिबिधि गर्दै आएको छ ।
मानसिक स्वास्थ्थ परियोजनाले महिला स्वास्थ्थ स्वयम् सेविकाहरु, स्वास्थ्थकर्मीहरुलाई सहित पटक पटक मोडुल १ र मोडुल २ तालिम वडास्तरमा सोसमुह गठन लगाएतका कार्य गरि मानसिक समस्या भएका व्यक्तहरुको स्वास्थ्थ सुधारमा उपलब्धिमुक कार्य गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार