आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सेनाकाे स्थापना दिवसकाे अवसरमा दुर्गा भञ्जन गुल्मद्धारा बिभिन्न कार्यक्रमकाे आयाेजना (फाेटाे फिचर)

सेनाकाे स्थापना दिवसकाे अवसरमा दुर्गा भञ्जन गुल्मद्धारा बिभिन्न कार्यक्रमकाे आयाेजना (फाेटाे फिचर)

  • आइतवार, फाल्गुन ७, २०७९
सेनाकाे स्थापना दिवसकाे अवसरमा दुर्गा भञ्जन गुल्मद्धारा बिभिन्न कार्यक्रमकाे आयाेजना (फाेटाे फिचर)

बाजुरा — सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाएको छ । सेना दिवसकै अवसरमा बाजुरा जिल्लामा रहेकाे दुर्गाभञ्जन गुल्म थापाथली ब्यारेकमा पनि बिभिध कार्यक्रम गरी मनाएकाे हाे ।  दिवसका अवसरमा  गुल्मका सकलदर्जाहरुको सहभागितामा बिभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गर्नुका साथै एनसीसी क्यार्डद्धारा खुकुरी ड्रिल, एरोबिक्सन, नृत्य प्रर्दशन लागयतका विभिन्न कार्यक्रम आयोजना गरिएको थियो  ।

No description available.

क्रेटर जाेन एकेडेमीका  एनसीसी  क्याडेटहरुबाट खुकुरी ड्रिल, एरोबिक्सन, नृत्य प्रर्दशन तथा उक्त गुल्मका सकलदर्जाहरुबाट नृत्य, गायन,गजल, मुक्तक प्रर्दशन गरिएकाे गुल्मपती दिवाकर खड्काले बताए। सोही कार्यक्रमको अवसरमा वीरगति प्राप्त सकलदर्जा प्रति सलामी अर्पण गरी श्रद्धाञ्जली कार्यक्रम र सहिद परिवारका एकल महिलालाई सम्मान गरिएकाे गुल्मपती खड्काले बताए । उक्त कार्यक्रममा  म्युजिकल चेयर, घैटो फुटाउने खेल संचालन समेत  गरी बिभिन्न बिधाहरुमा प्रथम हुने सहभागीहरुलाइ पुरस्कार बितरण गरिएकाे  गुल्मपती खड्काले बताए ।

No description available.

 दुर्गाभञ्जन गुल्म थापाथलीका गुल्मपती दिवाकर खड्काकाे अध्यक्षतामा संचालन भएकाे सेना दिवस कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि बडिमालिलका  नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी लगायतका अतिथिहरुले नेपाली सेनाले गरेका कार्यहरुकाे प्रशंसा गर्दै शुभाकामन ब्यक्त गरेका थिए ।

No description available.

“महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औं बार्षिक उत्सवका अवसरमा  श्री दुर्गाभञ्जन गुल्ममाआयोजित कार्यक्रममा बडिमालिका नगर प्रमुख अमर बहादुर खड्का, उपप्रमुख नन्दा थापा,  प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपिरक्षक कबिन्द्रसि‌ह‌ बाेहरा, जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनधी अन्य सुरक्षा निकायहरुका प्रमुख, पत्रकार , क्रियटर जोन एकेडेमीका  एनसीसी क्याडेट शिक्षार्थीहरु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

चर्चामा

सम्बन्धित समाचार