शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • साँफे–मार्तडी सडक:-एकसातामा खोलिने भनेको सडक ८ महिना पुग्दा सम्म खुलेन

साँफे–मार्तडी सडक:-एकसातामा खोलिने भनेको सडक ८ महिना पुग्दा सम्म खुलेन

  • शनिबार, फाल्गुन ६, २०७९
साँफे–मार्तडी सडक:-एकसातामा खोलिने भनेको सडक ८ महिना पुग्दा सम्म खुलेन

बाजुरा–बाजुराको साँफे–मार्तडी सडक खण्ड अन्र्तगत बाजुराको अम्कोटमा बैकल्पिक मार्ग खुलाउन सकेको छैन् । सडक डिभिजन कार्यलय साँफेबगर अछामले गत साउन २३ गते बैकल्पिक सडक खोल्नका लागि काम शुरु गरेपनि त्यो काम पनि बिचमै रोकिएको छ ।

बैकल्पिक मार्ग उद्धघाटनाको दिन एक सातामा नयाँ ट्रयाक खोलिसक्ने वताएको भएपनि ८ महिना पुग्दा सम्म पनि नयाँ बाटो खोल्न शुरसार छैन् । जिल्ला समन्वय समितिका सभापति तुलसिराम रोकायाले उद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रममा बुढिगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँ, तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारी, सडक बिभाग, पत्रकार लगायत टोलिको सहभागिता थियो । उद्धघाटनको बेला एक सातामा खोलि सक्ने वताएको थियो, तर बिचमा काम रोकिएर अहिले अलपत्र अबस्थामा रहेको स्थानिय शिक्षक बहादुर थापाले वताएका छन् ।

गत साउन १७ गते बुढीगंगा नगरपालिका, स्थानीय जग्गा धनी र सडक डिभिजन कार्यालय साँफे बीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भएको थियो । बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्ष पछि वैकल्पिक बाटो निर्माणको काम अघि बढाएको थियो ।

चार बर्ष पछि वैकल्पिक मार्ग निर्माणको काम सुरु भएपछि जिल्ला बासीमा केही आशाको तरंग फैलिएको थियो, तर अहिले सम्म पनि मार्ग खोलिने काम नभएकाले जिल्लावासी निरासा भएको पत्रकार दयाराम पण्डितले वताएका छन् । पुरानो मार्ग चार बर्ष देखी बर्षातमा चार देखी पाँच महिना सम्म सडक अबरोध हुने भएकाले बुढिगंगा नगरपालिकाको पहलमा सडक बिभागले बैकल्पिक मार्ग खोल्न शुरु गरेको थियो ।

बैकल्पिक मार्ग साढे ३ किलोमिटर रहेको छ । साढे तिन किलोमिटर मध्ये डेढ किलो मिटर खोलिसकेको छ । २ किलोमिटर खोल्न बाँकि रहेको छ । बुढिगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँले डेढ किलोमिटर खोलि सकेपछि जंगल पनि लागेको र अन्य समस्या उत्पन्न भएकाले काम रोकिएको वताएका छन् । सडक डिभिजन कार्यालय साँफे बगरका प्रमुख विबस बस्नेतले भने बैकल्पिक मार्ग खोल्ने ठेक्का भइसकेको चैत सम्म खोलि सक्ने वताएका छन् । २ किलोमिटर बाटो खोल्न २० लाखको ठेक्का खोलेको उनले वताए ।

बर्षातमा बाजुराको सदरमुकाम मार्तडी, लगायत बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगु जिल्लाका बासिन्दा सडक सञ्जाल बाट बिच्छेद हुदै आएका छन् । दशै तिहारका लागि घर आउनेलाइ समेत निकै सकस हुदै आएको छ । चाडपर्वमा स्थानिय निकै महँगीको मारमा परेका छन् ।

२०७६ साल देखी बर्षातको चार महिना सडक अबरोध हुदै आएको छ । २०७७ २०७८ र २०७९ सालमा बर्षातको समयमा त्यहि ठाँउमा चार महिना सडक अबरोध भएको थियो । हिउँदको समयमा सडक बिभागले सडक बनाएपनि बर्षातमा पहिरोले सडक भासिएर सडक बन्द हुने गरेको बडिमालिका नगरपालिका नगरप्रमुख अम्मर बहादुर खड्काले वताएका छन् ।

बुढिगंगा नगरपालिकाको १ अम्कोटमा रहेको करिब १ किलोमिटर सडक उच्च जोखिममा रहेको छ । अम्कोट क्षेत्रमा २०७७ भदौ मा मात्र सडक भासिदा १ जनाको मृत्यु भएको थियो । भुुग्रब बिधि आएर पनि एकचरणमा अध्ययन गरिससकेको छ । त्यहि ठाँउमा सडक बनाएर ल्याउने हो भने ३ अरब पैसा चाहिने सडक बिभागले वताएको छ । त्यो क्षेत्र बर्षातमा पुर्ण रुपमा बन्द हुने भएपनि बैकल्पिक मार्ग खोल्नका लागि राज्यले बेवास्ता गरेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार