शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

  • शनिबार, फाल्गुन ६, २०७९
डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

डोटी  –   डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डोटी केआइसिंह–१ महादेवका जीप चालक ३६ वर्षीय गोविन्द्र शाही र केआइसिंह–२ जारिमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् । केआईसिंह गाउँपालिका डुम्राकोटडोटीमाका तेज तिरुवा र उनकी श्रीमती राधा तिरुवाको अवस्था गम्भीर रहेको छ । उनीहरु दुवै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

समान्य घाइते सोही ठाउँका समिर तिरुबा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र र मिन लुहार सामान्य उपचार पछि घर फर्किएका छन् ।

डोटीको दिपायलबाट केआईसिंह गाउँपालिका–१ घाँटलायातर्फ जादै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप सडकबाट ५०–६० मिटर तल खसेको छ ।

दुर्घटनाको जानकारी प्राप्त भए लगत्तै वायलबाट प्रहरी सहायक निरीक्षक चन्द्र बहादुर कार्कीको कमाण्डमा ५ जनाको टोली खटिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राज जोशीको कमाण्डको टोली घटनास्थल पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार