बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • विदेशी भूमिमा अनुभव बटुलेका रोकायाले खोले खप्तड छान्नामा सुविधा सम्पन्न रिसोर्ट

विदेशी भूमिमा अनुभव बटुलेका रोकायाले खोले खप्तड छान्नामा सुविधा सम्पन्न रिसोर्ट

  • शनिबार, फाल्गुन ६, २०७९
विदेशी भूमिमा अनुभव बटुलेका रोकायाले खोले  खप्तड छान्नामा सुविधा सम्पन्न रिसोर्ट

अर्थ जङ्ग शाही,बझाङ –  बझाङको खप्तडछान्ना गाउँपालिकामा खप्तड जिपलाईन रिसोर्टको उद्घाटन गरिएको छ ।

खप्तडछान्ना गाउँपालिका–४ पसलबगरमा रहेको उक्त रिसोर्टको बिहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । संचालक अरुण रोकायाको अध्यक्षतामा उद्घाटन भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुकुमार थापा प्रमुख अथिति र निवर्तमान गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकाया विशिष्ट अथिति रहनुभएको थियो ।

रिसोर्टको रिवन काटेर उद्घाटन गरिएको हाे । कार्यक्रममा बोल्दै प्रमुख अथिति थापा र विशिष्ट अथिति रोकायाले खप्तडछान्ना गाउँपालिकाको पर्यटन प्रर्वधनका लागि रिसोर्टले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभएको छ । साथै उहाँहरुले पर्यटन प्रर्वधनका लागि आफुबाट हुने समन्वय, साथ, सहयोग सदैव रहने समेत बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचिव ललित बहादुर सिंहले पर्यटन प्रर्वधनका लागि खप्तड जिपलाईन रिसोर्ट जिल्लामै पहिलो नयाँ अभ्यास भएको बताउनुभयो । उहाँले खप्तडछान्ना गाउँपालिका भित्रका पर्यटकिय स्थलहरुको उदाहरण दिदै ति स्थलहरु समेत अब पर्यटकहरुको गन्तव्य बन्ने आशा व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य अभिषेक सिंहले युवाहरु स्थानिय पर्यटन प्रर्वधनमा लागेकोमा खुसि व्यक्त गर्नुभएको छ । साथै उहाँले पर्यटन प्रर्वधन गर्न आफ्नो समन्वयात्मक भुमिका रहने समेत बताउनुभयो ।

कार्यक्रममा खप्तडछान्ना गाउँपालिकाका १ देखि ७ वटै वडाका जनप्रतिनिधि नेपाली काँग्रेस जिल्ला कार्यसमिती सदस्य डम्बर बहादुर सिंह, स्थानिय र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
खप्तडछान्ना गाउँपालिकामा खप्तड , गुरैलझना, लिङ्गापाटन, मालिका गुफा, आदी पर्यटीय स्थल रहेकाछन् । रिसोर्टले मौलिक खानेकुरा, पर्यटकका लागि घोडा र गाइडको व्यवस्था पनि गरिएको छ ।

केहि समय विदेशमा समेत विताएका संचालक रोकायाले आफ्नै गाउँठाउँमा पर्यटन प्रवधन गर्नका लागि केहि गर्ने प्रेरणा जागेर उक्त रिसोर्ट संचालनमा ल्याएको बताएका छन् । उक्त रिसोर्टमा खान,बस्नको लागी पनि उचित व्यवस्था रहेको रोकायाले बताएका छन्। रिसोर्ट संगै जिपलाइन पनि निर्माणको काम भैरहेको र बैशाख सम्म निर्माणको काम सकिने समेत संचालक रोकायाले बताउनुभयो । जीपलाईनमा लम्बाइ ७ सय मिटर रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार