शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • मुक्त हलिया अधिकारकर्मीद्धारा प्रधानमन्त्रीलाई ७ बुदेँ ज्ञापन पत्र बुझाए

मुक्त हलिया अधिकारकर्मीद्धारा प्रधानमन्त्रीलाई ७ बुदेँ ज्ञापन पत्र बुझाए

  • बिहिबार, फाल्गुन ४, २०७९
मुक्त हलिया अधिकारकर्मीद्धारा प्रधानमन्त्रीलाई  ७ बुदेँ ज्ञापन पत्र बुझाए

बाजुरा — जिल्लाका मुक्त हलियाहरुको समस्या र पुर्नस्थापनका लागि जिल्लाका हलिाया अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ७ बुदेँ ज्ञापन पत्र बुझाएका छन । नेपाल सरकारले २०६५ सालमा हलिया मुक्त घोषणा गरेको भए पनि औपचारीता मात्रै भएको र हलियाका समस्याका जिउँका तिउ रहेको भन्दै जिल्ला हलिया मुक्ती समाज बाजुरा र मुक्त हलिया खाध्य अधिकार समुहले सयूक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन ।
बाजुरा जिल्लामा लगत ससंकलन प्रक्रियामा छुट भएका हलिायाहरुको लगत संकलन कार्य यथासिर्घ अगाडी बढाउन पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जिल्ला हलिाय मुक्त समाज बाजुराका अध्यक्ष लालबिर शार्की र मुक्त हलिाय खाध्य अधिकार समुहका अध्यक्ष मनबिर ल्वारका सुयुक्त हस्ताक्षेरमा नेपाल सरकारले लगत संकलन गरेका १ हजार ६ सय ३४ परिवार मध्य १ हजार ४ सय ९३ प्रमाणीकरणमा परी १ हजार ३ सय ६६ जनाले मात्र राहत प्याकेज पाएको र बाकी सबैलाई राहतका लागि माग गर्न अनुरोध गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यसै गरी २०७९ असो १९ गते देखी २६ गते सम्म आएको अबिरल बर्षाका कारण बुढिनन्दा नगरपालिका वडा १ पिपलडालीका १६ मुक्त हलिाय बिस्तापित भएकोले उक्त परिवारको तत्काल ब्यब्स्थापन गर्न माग गरेको छ ।
पुर्नस्थापना प्याकेजमा परेका २८ परिवारहरु दोस्रो किस्ता रकम प्राप्त गर्नबाट बञ्चीत भएकोले उक्त परिवारलाई दोस्रो किस्ता रहम उपलब्ध गराउनका लागि पहल गर्न माग गर्दछौ सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै मुक्त हलियाहरुका लागि निशुल्क स्वास्थ्य बिमा र निशुल्क उच्च शिक्षाका हुनपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । हलिया, खलिया बादी र भुमी नभएका नागरिक तथा समुदायका लागि तत्काल भुमी उपलब्ध गराउनुपर्ने माग सहित ज्ञापन पत्रमा उल्लेख छ ।
हलिया मुक्तीको लामो समय बितिसकेको भए पनि हलियाहरुले राहत र उचित क्षेतीपुर्ती नपाउदा हलियाहरुको अबस्था दिन गुण रात चौगुण दयनिय बन्दै गएकोले हलियाका मागहरु यथासिघ्र सम्बोधन गर्न प्रमुख जिल्ला अधिधकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको मुक्त हलिया खाध्य अधिकार समुहका अध्यक्ष मनबिर ल्वारले बताए ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार