शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • सांसद भण्डारीलाई उपचारका लागि भारत लगियो

सांसद भण्डारीलाई उपचारका लागि भारत लगियो

  • बिहिबार, फाल्गुन ४, २०७९
सांसद भण्डारीलाई उपचारका लागि भारत लगियो

काठमाडौँ – ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ । कांंगे्रस नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिएको हो ।

भण्डारीलाई बम्बईको नेशनल वर्न सेन्टरमा उपचारका लागि लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि उपचार टोलीमा रहेका छन् ।

बुधवार राती बुद्धनगरस्थित घरमा ग्यास पडकिएर घाइते भएका भण्डारीको कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो । कीर्तिपुरमा उपचार सम्भव नभएपछि उनलाई मुम्बई लगिएको हो । ग्यास पड्किएर घाइते भएकी भण्डारीकी आमा हरिकलाको भने बिहीवार निधन भएको छ । भण्डारी गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार