कञ्चनपुर – कञ्चनपुरमा अवैध भन्सार छलिका सामान सहित ६ जना पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बुधवार भिमदत्त नगरपालिका १० र ११ बाट भन्सार छलिका फलफुल, प्लाष्टिक कुर्सी र प्लाष्टिक बाटा लगायतका अन्दाजी रु. ४९ हजार ९००। बराबरको सामानसहित पक्राउ गरिएको जनाएको छ। उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाईएको प्रहरीले जनाएको छ।